निर्माण व्यवसायी रानाले गरे २५ अक्सिजनसहितको सिलिन्डर सहयोग


दाङ । अक्सिजन अभावले बिरामीको उपचारमा समस्या भइरहेको बेला नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनि प्रदेश अध्यक्ष बलिभद्र रानाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई २५ वटा अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । अध्यक्ष रानाले आफ्नो निजी खर्चमा बुटवलबाट अक्सिजन लिएर प्रतिष्ठानलाई प्रदान गरेका हुन् ।
प्रतिष्ठानकी उपकुलपति प्राडा संगीता भण्डारी, अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत र कामु रजिस्ट्रार झङ्कार लामिछानेलाई अक्सिजनसहितको सिलिण्डर हस्तान्तरण गर्दै व्यवसायी एवं समाजसेवी रानाले कोरोना महामारीसंग जुझ्न र संक्रमितहरुको उपचार सहज बनाउन सबै लाग्नु पर्ने बताउनु भयो । उनले थप सिलिन्डर रिफिल गर्न अक्सिजन उद्योगलाई अडर गरेको समेत जानकारी गराए ।
प्रतिष्ठानकि उपकूलपति प्रा.डा. भण्डारीले अक्सिजन प्रदान गरेकोमा व्यवसायी रानालाई धन्यवाद व्यक्त गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *