महरा बृहत् कम्युनिष्ट एकताको पक्षमा: स्वकीय सचिव शर्मा

काठमाडाैं । पूर्व सभामुख एवं प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा एमालेमा प्रवेश गर्न लागेको भन्ने एक अनलाइनको समाचार असत्य र निराधार रहेको उहाँको सचिवालयले जनाएको छ ।

पूर्व सभामुख महराका स्वकीय सचिव प्रमोद शर्माले फेसबुक मार्फत उहाँ माओवादी केन्द्रमै रहेको जानकारी गराउनु भएको छ । साथै स्वकिय सचिव शर्माले महरा बृहत् कम्युनिष्ट एकताको पक्षमा रहेको उल्लेक गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *