अनेरास्ववियू दाङको संगठन निर्माण अभियान तीब्र


दाङ । अनेरास्ववियू दाङ क्षेत्र नं. २ ले विद्यार्थी जागरण अभियानसंगै संगठन निर्माण अभियान तीब्र बनाएको छ । घोराही १० स्थित सिद्धरत्ननाथ मावि नारायणपुरमा रमेश कुमार बस्नेतको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति चयन गरिएको छ । जसको उपाध्यकहरुमा बिन्दु बस्नेत र बिष्णु महरा, सचिबमा आशा चौधरी, सह सचिवहरुमा करुणा गिरी र देबा रावत, कोषाध्यक्षमा पुनम खत्री, संगठन बिभाग प्रमुखमा विवेक गिरी, खेलकुद विभाग प्रमुखमा अनिता डाँगी र अनुशासन विभाग प्रमुखमा समीक्षा चौधरी रहनु भएको छ ।
अनेरास्ववियू दाङका सचिवालय सदस्य डिभाइड शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अनेरास्ववियू दाङका सचिवालय सदस्य हिमाल महरा, अनेरास्ववियू दाङका जिल्ला कमिटी सदस्य सन्तोष दाहाल, अनेरास्ववियूका नेता भ्यूमान पुनले सम्बोधन गर्नु भएको थियो ।
यसैगरी मावि चौघेरामा (घोराही-१७) बिपिन रावतको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिती चयन गरिएको छ ।जसको उपाध्यक्षमा कपिल पोख्रेल, सचिवमा सन्जिता चौधरी, सहसचिवमा मुना कालाथोकी, कोषाध्यक्षमा कुलबहादुर बुढा, संगठन बिभाग प्रमुखमा दिपक बिस्ट र खेलकुद बिभाग प्रमुखमा सौरब बिसी रहनु भएको छ । अनेरास्ववियू दाङका सचिवालय सदस्य हिमाल महराको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियू दाङका सचिवालय सदस्य डिभाइड शर्मा, जिल्ला कमिटी सदस्य सन्तोष दाहाल, अनेरास्ववियूका नेता भ्यूमान पुनले सम्बोधन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *