दाङ देउखुरी सेवा समाज कतारको अध्यक्षमा बुढाथोकी

दाङ देउखुरी सेवा समाज कतारको अध्यक्षमा छबिलाल बुढाथोकी चयन भएका छन् । गत २९ जनवरी शुक्रबारका दिन कतारको दोहास्थित गोरखा रेष्टुरेन्टको सभाहलमा सम्पन संस्थाको पाँचौ साधारण सभाबाट बुढाथोकी अध्यक्षतामा निर्विरोध चयन भएका हुन् ।
साधरण सभाले २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । अध्यक्ष छबिलाल बुढाथोकी, प्रथम उपाध्यक्ष- रण बहादुर केसी, द्वितीय उपाध्यक्ष राजन चापागाइ, महिला उपाध्यक्ष -उषा परियार, महासचिव केशब बुढा मगर, सचीव- गोपालराज पोख्रेल, कोषाध्यक्ष – मनिषा खड्का, सह-कोषाध्यक्ष – छबिलाल परियार र सदस्यहरुमा बसन्त कँवर, नारायण थापा,
मणिरत्न तुलाधर, बिष्णु के सी, सूर्य बहादुर कठायत, देवा अधिकारी, शरद पाण्डे, प्रेम चौधरी, साजना स्वर्णकार, यज्ञ बुढाथोकी, माधब भण्डारी, खेतुलाल थापा छेत्री र जंग बहादुर रोका मगर रहेका छन् ।
संस्थाको प्रमुख सल्लाहकार हेमराज बस्नेत चयन भएका छन् । दाङ देउखुरी सेवा समाजका अध्यक्ष हेमराज बस्नेतको अध्यक्षता, प्रमुख सल्लाहकार बसन्तराज पुरीको प्रमुख अतिथ्यता तथा संचारकर्मी दीपजङ्ग शाहको विशिष्ट आतिथ्यता सम्पन्न सभामा महिला विभाग संयोजक उषा परियार र साँस्कृतिक विभागका संयोजक राजन चापागाईंको पनि उपस्थिति थियो । कार्यक्रमको संचालन महासचिव मिनराज पुनले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *