कामलाई तीब्रता र गुणस्तरीयता दिन नगर प्रमुख चौधरीको निर्देशन


घोराही, १२ मंसिर। घोराही उपमहानगरपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकको समीक्षा गरेको छ । उपमहानगरपालिकाले कोरोना कहरका बीच शुरु भएको आर्थिक बर्षको पहिलो चार महिनामा गरेका कामको सार्वजनिक, समीक्षा र कामलाई थप तीब्रता दिने विषयमा छलफल गरेको हो ।
नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सूचना अधिकारी भिमबहादुर चौधरीले पहिलो चौमासिकमा गरेका कामका बारेमा जानकारी गराउनुभयो । उहाँले नगरको कूल पूँजीगततर्फ १५ प्रतिशत काम भएको जानकारी दिनुभयो । टेण्डर प्रक्रिया सकिने क्रममा रहेको र उपभोक्ता समिति गठन धमाधम भैरहेको उल्लेख गर्नुभयो ।

नगरको सूचना तथा सञ्चार प्रविधि शाखाले आयोजना गरेको समीक्षा कार्यक्रममा नगर प्रमुख चौधरीले पहिलो चौमासिकको तुलनामा अब दोस्रो चौमासिकका कामलाई तीब्रता र गुणस्तरीयता दिन निर्देशन दिनुभयो । चालु आर्थिक बर्षका लागि तय भएका कार्यक्रम र बजेटको सही सदुपयोग तथा सम्पादनमा शाखा महाशाखा र वडा कार्यालयहरुलाई निर्देशन दिनुभएको हो ।
साथै नगरबासीहरुलाई पनि उहाँले आफ्ना ठाउँमा परेका योजनाहरुलाई समयमै सक्न र गुणस्तरीय बनाउन विषेशरुपले लाग्न आग्रह गर्नुभयो । त्यसैगरी, नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले योजना सम्झौता र कार्यान्वयनको पक्षलाई समय अनुसार अघि बढाउन निर्देशन दिनुभयो । कसरी गुणस्तरीय र दिगो काम गर्न सकिन्छ भन्ने तर्फ विषेश ध्यान दिएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीले कार्यपालिकाले कुन मितिमा के काम गर्ने भनि निर्णय गरेर शाखा महाशाखा र वडामा परिपत्र गरिसकेको जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण सूचना प्रविधि अधिकृत विमल अग्रहरीले गर्नुभएको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *