सीमापारिबाट हुने अपराध नियन्त्रणमा सक्रियरुपमा लाग्न मन्त्री केसीको सुरक्षाकर्मीहरुलाई निर्देशन


बुटवल, २० कार्तिक । लुम्बिनी प्रदेशका अान्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद के.सीले सीमापारिबाट हुने अपराध नियन्त्रणमा सक्रियरुपमा लाग्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिनुभयो ।
विहीबार नवलपरासी जिल्लाकाे सुरक्षा गाेष्ठीको प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै मन्त्री केसीले उक्त निर्देशन दिनुभएको उहाँका स्वकीय सचिव पवन कुवँरले बताउनु भयो ।
गोष्ठीमा मन्त्री केसीले अपराध नियन्त्रणमा सुरक्षा निकायका अंगहरुबीच सहकार्य र समन्वय आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो ।
गोष्ठीमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रविलाल पन्थ, नवलपरासीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख लगायत सुरक्षा अधिकारीहरुको उपस्तिथि थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *