लुम्बिनी प्रेदेश सभाको लागि राप्ती प्राविधिक शिक्षालयको निरीक्षण


दाङ, कार्तिक १४ । लुम्बिनी प्रदेशकाे अागामी हिउँदे अधिवेशनकाे तयारीका लागि प्रदेश सभामुख पूर्ण घर्ती, उपसभामुख कृृष्णी थारू र आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी सहितको टोलीले देउखुरीकाे बिभिन्न क्षेत्रकाे निरीक्षण तथा अनुगमन गरेको छ ।

देउखुरीको लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलकाे परिसरमा संसद बैठक सञ्चालन गर्न सम्भव भए/नभएकाे बारेमा टोलीले अध्ययन एवं छलफल गरेको सभामुख घर्तीका प्रेस संयोजक गणेश वलीले बताउनु भयो । प्रेस संयोजक वलीका अनुसार अटोलीले राप्ती प्राविधिक शिक्षालयका प्रमुख एवं प्राविधिक, गढवा गाउँपालिका र राप्ती गाउँपालिकासंग विशेष छलफल गरेको छ ।
सोह्र बिगाह क्षेत्रफलमा रहेको राप्ती प्राविधिक शिक्षालयमा प्रदेश सभा संचालन गर्न उपयुक्त रहेको कुरा शुरुदेखि नै चर्चामा आएको थियो । प्राविधिक शिक्षालायको स्थान्तरणको वातावरण निर्माण भए तिहारपछि शुरु हुने लुम्बिनी प्रदेशको हिउँदे अधिबेशन यही शिक्षालयमा बस्ने संभावना प्रबल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *