दाङ राजधानी बनाउने सरकारको निर्णय स्वागत योग्य : कांग्रेस नेता डिल्ली चौधरी

दाङ, १६ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रदेश सांसद् डिल्ली चौधरीले प्रदेश ५ को राजधानी दाङ बनाउन प्रदेश सरकारको निर्णय स्वागतयोग्य भएको बताउनुभएको छ ।

टेलिफोनमा प्रतिकृया दिनुहुँदै चौधरीले आँफूहरुको माग अनुरुप सरकारले प्रदेशको राजधानी दाङ तोकेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो । ‘हामी हिजो देखि नै दाङ राजधानी बनाउने अभियानमा थियौं, सरकारले जे निर्णय गरेको छ ठिक गरेको छ ।’
तपाईहरु यसको पक्षमा मतदान गनुृहुन्छ रु भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘अवष्य पनि हामी दाङको पक्षमा मतदान गर्छौं, अहिले हाम्रो संसदीय दलको बैठक बस्ने तयारी भइरहेको छ, सकेसम्म कांग्रेसले सर्वसम्मत दाङको पक्षमा निर्णय गर्छ ।’

संसदीय दलमा निर्णय नभए पनि पश्चिम क्षेत्रका सांसदले अनिवार्य रुपमा दाङको पक्षमा मतदान गर्ने चौधरीले बताउनुभयो । पार्टीले ह्वीप जारी गरेर सरकारको प्रस्तावमा मतदान नगर्न निर्देशन दियो भने के गर्नुहुन्छ ? भन्ने प्रश्नमा चौधरीले भन्नुभयो, ‘यो विषयमा कां्रगेसले ह्यीप लगाउँदैन ।’

साभार : चेतना अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *