राप्ती प्रतिष्ठानको विकासमा प्रष्ट कार्ययोजना आवश्यक : पूर्व सभामुख महरा

दाङ, १३ असोज । पूर्वसभामुख कृष्णबहादुर महराले राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानको विकासका लागि प्रष्ट कार्ययोजना ल्याउनुपर्ने बताउनुभएको छ ।

प्रतिष्ठानको दोस्रो वार्षिकोत्सव समारोहमा लिखित शुभकामना संदेश मार्फत उहाँले प्रतिष्ठानले आगामी दिनहरुमा सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै दक्षा जनशक्ति उत्पादनमा विशेष भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

दंगाली एवम् सबैको प्रयासबाट राप्ती उपक्षेत्रीय अस्पताल हुँदै अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म उक्कलन सफल भएको र विगतका कमी कमजोरीलाई समीक्षा गर्दै आगामी दिनमा गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा प्रदानका लागि अघि बढ्न शुभकामना दिएका छन् ।

‘स्थापनाको मसयमा उत्साह र सक्रियताका साथ आम जनसमुदायको सपना र भविश्यसँग जोडिएको प्रतिष्ठानले आफ्नो विगतको गम्भीरतापूर्व समीक्षा गर्दै आगामी दिनमा प्रतिष्ठानलाई कस्ता बनाउने र कसरी अगाडि बढाउने भन्ने स्पष्ट कार्ययोजना बनाउन म विशेष आग्रह गर्दछु’, शुभकामना वक्तव्यमा भनिएको छ ।

पूर्वसभामुख महराले प्रतिष्ठान स्थापना गर्नु आफैमा महत्वपूर्ण कार्य भएको र अबको दिनमा गुणस्तरीय स्वास्थ्य सेवा र दक्ष जनसक्ति उत्पादनमा प्रतिष्ठानले विशेष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् ।

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *